भीमदत्तको एक वडामा शिशु जन्मिए भत्ता, स्थानीयलाई दाहसंस्कार खर्च पनि दिइने

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयले शिशु जन्मिए भत्ता र कसैको निधन भए दाहसंस्कार खर्च उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ देखि वडा कार्यालयले शिशु स्याहार र दाहसंस्कारका लागि अन्त्येष्टि खर्च दिने निर्णय गरेको हो ।

वडाध्यक्ष प्रकाश थापाले शिशु स्याहारका लागि जन्मिनेबित्तिकै प्रतिशिशु दुई हजार रुपैयाँ र कुनै वडावासीको मृत्यु भएमा अन्त्येष्टिका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने बताए ।

Dengue

वडाध्यक्ष थापाले वडाका नागरिक विपन्न भएकाले शिशु जन्मिए शिशुको स्याहारका लागि रकम उपलब्ध गराउने र कसैको मृत्यु भए अन्त्येष्टिका लागि दाउरा उपलब्ध गराउने निर्णय गरिएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार