कञ्चनपुरमा ६ करोडको अबैध समान बरामद

धनगढी : कञ्चनपुरमा सशस्त्र प्रहरीले तीन सय ६१ बोरा अबैध गहुँ नियन्त्रणमा लिएको छ । गत २०८१ जेठमा सशस्त्र प्रहरीले गहुँ सगैं अन्य बिभिन्न अबैध समान समेत नियन्त्रणमा लिएको थियो । बेलडाँडी गाउँपालिका–३ वनपुर्वाबाट ७ लाख २८ हजार मुल्यको अबैध सामान सशस्त्र प्रहरीले बरामद गरेको हो। त्यसमा ३६१ बोरा गहुँ, एक सय जोर स्कूल ड्रेस जुत्ता, कन्भर्स सुज ६४ जोर, फेसन सुज १४ जोर, सेल्फी सुज १० जोर, चप्पल ८ जोर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी ३५ नम्बर गण झलारीले बताएको छ।

यस्तै कञ्चनपुर प्रहरीले ६ करोड ३७ लाख ८५ हजार ५१९ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेर भन्सार चलान गरेको छ। गत आर्थिक बर्षमामा दुई करोड २४ लाख चार हजार ४२३ र त्यसभन्दा अघिल्लो वर्ष २०७८र७९ मा एक करोड १७ लाख ५४ हजार २८० रुपैयाँ बराबरको सामान बरामद गरिएको थियो। फागुनयता मात्रै दुई करोड ८६ लाख ४३ हजार ८२ रुपैयाँबराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार