बाघको आक्रमणबाट ज्यान गुमाएकी महिलाको परिवारलाई १ लाख सहयोग

कञ्चनपुर : कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा बाघको आक्रमणबाट ज्यान गुमाएकी महिलाको परिवारलाई हिमालयन मध्यवर्ती उपभोक्ता समितिले किरिया खर्च स्वरुप आर्थिक सहयोग गरेको छ ।

समितिले बाघको आक्रमणबाट ज्यान गुमाएकी दोधारा चाँदनी-२ की २६ वर्षीया हिरा शाहको परिवारलाई किरिया खर्चस्वरुप १ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । राहत उपलब्ध गराउने कोषबाट काजकिरिया खर्चबापत एक लाख रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको समितिले जनाएको छ ।

Dengue

गत बिहीबार बिहान घाँस काटिरहेकी शाहको बाघले आक्रमण गर्दा ज्यान गएको थियो । दोधराचाँदनी नगरपालिकाले यसअघि घटना घटेको दोस्रो दिन किरिया खर्च स्वरुप ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार