बाघले चारवटा बाख्रा मारेपछि स्थानीय चिन्तित

कञ्चनपुर : बाघको आक्रमणबाट साउन १७ गते दोधारा–चाँदनी नगरपालिका–२ कमलशाह टोलकी २६ वर्षीया हीराकुमारी शाहले ज्यान गुमाइन्। 

शुक्रबार नरभक्षी बाघलाई नियन्त्रणमा लिई बर्दिया राष्ट्रिय निकुञ्जको वन्यजन्तु उद्धार केन्द्र रम्मापुर पठाइएपछि स्थानीय ढुक्क भएका थिए। तर, नरभक्षी बाघ नियन्त्रणमा लिएको २४ घण्टा पनि नबित्दै चारवटा बाख्रा मारिएपछि स्थानीय पुनः चिन्तित बनेका छन्। बाख्रा मारिएपछि बाघजस्तै नरभक्षी जनावर गाउँ पसेको भन्दै स्थानीयले जनप्रतिनिधि, प्रहरी र निकुञ्जका अधिकारीलाई पुनः गुहारेका छन्।

SHIKHAR COOL TECH

स्थानीयका अनुसार देवीस्थानका महेश रोकाया, जमुनाभाडीका ओमप्रकाश रोकाया, श्याम सुनार र धनबहादुर सुनारका एक/एक बाख्रा शुक्रबार राति मारिएका छन्। चारै किसानका गोठमा बाँधिएका बाख्रामाथि आक्रमण भएको हो। दोधाराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले गाउँमा पुनः बाघ आएको भन्दै स्थानीय पुनः त्रासमा रहेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार