भारतमा बस र कार ठोक्किँदा सातजनाको मृत्यु, २५ जना घाइते

नयाँदिल्ली : भारतको आगरा–लखनउ ‘एक्सप्रेस वे’मा बस र कार ठोक्किँदा सातजनाको मृत्यु भएको छ । इटावा भन्ने स्थानमा सो घटना भएको हो । नागाल्यान्डको नम्बर भएको डबल डेकर बस रायबरेलीबाट दिल्ली जाने क्रममा सो घटना भएको हो ।

‘एक्सप्रेस वे’मा १२९ माइल स्टोननजिकै कारसँग बस ठोक्किएको थियो । प्रहरीका अनुसार कारका चालक निदाएका कारण आफ्नो लेनबाट क्रस गरेर बससँग ठक्कर खाएको थियो । ठक्करका कारण बस अनियन्त्रित भएर सडकबाट झरेको थियो ।

Dengue

दुर्घटना बसमा सवार चारजना र कारमा सवार सातजनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार बसमा ६० जना यात्रु सवार थिए । बसमा रहेका करिब २५ जना घाइते भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार