शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ सङ्ख्यामा बढ्दा व्यवस्थापनमा चुनौती

धनगढी : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ सङ्ख्यामा बढोत्तरी भएसँगै व्यवस्थापनमा चुनौती थपिएको छ । क्षेत्रफलको हिसाबले सानो यो निकुञ्जमा बाघ सङ्ख्या ३६ पुगेसँगै व्यवस्थापनमा चुनौती थपिएको हो । हिजो बाघले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हीरा शाहको ज्यान लिएपछि स्थानीय त्रसित छन् । यद्यपि, महिलाको ज्यान लिने बाघ निकुञ्ज वा भारतबाट दोधारा चाँदनी पुगेको हो भन्ने यकिन भइसकेको छैन । बाघलाई निकुञ्जले नियन्त्रणमा लिइसकेको छ ।

सन २०२२ को राष्ट्रिय बाघ गणनाको तथ्याङ्क अनुसार शुक्लाफाँटामा बाघ दोब्बर वृद्धि भई सङ्ख्या ३६ पुगेको छ । यसअघि, सन २०१८ को गणनामा यहाँ १६ वटा बाघ अभिलेख भएका थिए । निकुञ्जको घाँसे मैदान र चौधर नदीको किनारमा बाघको घनत्व बढी देखिएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । “बाघको घनत्व बढी रहेको क्षेत्र निकुञ्जको बिच क्षेत्रमा पर्दछन्”, निकुञ्जका सूचना अधिकारी मनोज ऐरले भने,“सङ्ख्या बढे पनि हामी कहाँ मानव र बाघबिचको द्वन्द्वको घटना अरू ठाउँको जस्तो भयावह छैन ।”

Dengue

निकुञ्जभित्रै बाघको आहारा प्रजाति बढी रहेका कारण बाघ निकुञ्जभन्दा बाहिर निस्कने सम्भावना कम रहेको उनि बताउँछन् । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाको तथ्याङ्क अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको आहारा प्रजातिको घनत्व प्रति वर्ग किलोमिटरमा १४६।२ रहेको छ । जुन नेपालमा पाटेबाघ पाइने तराईका निकुञ्जमध्ये सबैभन्दा बढी हो । पाटेबाघको आहारा चित्तल हुन ।

सङ्ख्या बढेसँगै चुनौती थपिएकाले बाघ संरक्षण र व्यवस्थापनका लागि निकुञ्जले पञ्चवर्षीय रणनीति अनुसार काम गर्ने तयारी गरिरहेको जनाइएको छ । जस अन्तर्गत निकुञ्ज र मध्यवर्ती क्षेत्रमा काम हुने जनाइएको छ । बाघको सङ्ख्या बढेकाले संरक्षण र व्यवस्थापनका कार्यक्रम त्यही अनुसार अगाडि बढाउन आवश्यक रहेको ऐरले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार