कञ्चनपुरबाट ८ लाख बढीको अवैध सामान बरामद

धनगढी : प्रहरीले कैलाली कञ्चनपुरबाट ८ लाख बढीको अवैध सामान बरामद गरेको छ । कैलालीबाट करिब ७ लाख र कञ्चनपुरबाट १ लाख बढीको भारतबाट भन्सार छली ल्याएको सामान बरामद गरिएको हो । प्रहरीले शनिवार कैलारी गाउँपालिका – ४ हनुमान मन्दिर, धनगढीको केदार टोल, खेदाघाट, ट्राफिक चौराहा, टीकापुरको मनुवाचोकबाट भारतबाट भन्सार छली ल्याएको अवैध सामान बरामद गरेको छ ।

जसअन्तर्गत बोइलर कुखुरा, बेलुन, चिनी डिजे साउन्ड बक्सको स्पिकर, सुट, कुर्ती, डाल्डा र माछा लगायतका अन्दाजी १ लाख ११ हजार ३ सय बराबरको सामानहरू बरामद गरिएको छ । त्यसै गरी प्रहरीले गौरीगंगा नगरपालिका – ३ कुचैनी स्थित महेन्द्र राजमार्गको उत्तर तर्फको जङ्गलमा बेवारिसे अवैध रूपमा भन्सार छली गरी ल्याएको फेन्सी तथा काँचो कपडाहरू, धोती, सुट, सानो ठुलो दरी कपडा, सर्ट कपडा, सारी, लगायतका ५ लाख ८७ हजार५ सय बराबरका सामान बरामद गरेको छ ।

Dengue

उक्त सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार