कञ्चनपुरको भीमदत्तमा घरको केही भागको माटो कटान गरेर घर भत्किने जोखिम

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का देवबहादुर चन्दको पक्की घर वरपर भ्वाङै भ्वाङै परेको छ । घरको केही भागको माटो कटान गरेर घर भत्किने जोखिम छ । गत असार तेस्रो साता आएको बाढीले घर वरपरको जमिन कटान गरेको चन्द बताउँछन् । ‘अविरल वर्षापछि निर्माणाधीन महाकाली तेस्रो चरणको नहर भरिएर बस्तीतिर पस्यो । त्यही बाढीले कटान गर्दा घर भत्किने डर छ,’ उनले भने ।

बाढीले कटान गरेर घर जोखिममा परेको एक महिना पुग्नै लाग्दा पनि तटबन्धन निर्माण हुन नसक्दा डराइडराइ बस्नुपरेको उनको गुनासो छ । ‘तटबन्ध निर्माणका लागि बारम्बार माग गरिरहेका छौँ । तर, हाम्रो पीडा कसैले सुनेन,’ उनले भने, ‘पानी पर्दा कुन बेला घर तहसनहस पर्छ ? डराइ डराइ बस्नुपर्ने बाध्यता छ ।’

dashain shuvakamana
Discovery School

भीमदत्त नगरपालिका–९ निङलाशैनी टोलका दर्जनभन्दा बढी घर जोखिममा छन् । कटान गरेर भ्वाङ्ग पारिएको ठाउँमा अहिले त्रिपाल टाँगिएको छ । ‘अस्थायी तटबन्ध निर्माण गर्ने केही राहत हुन्थ्यो । तटबन्ध नहुँदा त्रिपाल टाग्नुपर्ने बाध्यता छ’ स्थानीय मोहन नाथले भने, ‘आकाशमा बादल लाग्ना साथ निन्द्रा लाग्दैन ।’

स्थानीयले अस्थायी तटबन्ध निर्माणको माग गरेका छन् । ‘यहाँ खोला नदी केही छैन । कहिल्यै बाढी आएको थिएन । पानीले नहर भरिएपछि बस्तीतिर आएर क्षति पु¥याएको हो,’ तुम्णानीकी राजमतीदेवी विष्ट भन्छिन्, ‘यस्तो घरमा जोखिम मोलेर कसरी बस्ने ?’ उनका अनुसार कालोपत्रे सडक भत्किएपछि आवतजावतमा समस्या भएको छ । बाढीले दुई कठ्ठा जमिन र त्यसमा बनेको पसल भत्काएको स्थानीय भुवन सिंह धामीले बताए ।

चुरेमा भएको वर्षापछि आएको बाढीले ब्रह्मदेव र महेन्द्रनगर जोड्ने सडकमा पनि क्षति पुगेको छ । थोरै वर्षाले पनि अब सडक भत्किएर महेन्द्रनगरसँगको सम्पर्क टुट्ने जोखिम रहेको भीमदत्त नगरपालिका–९ राम नाथले जानकारी दिए ।
भीमदत्त नगरपालिका–९ स्थित स्थानीय थापा चौराह जोड्ने सडकको कल्भर्ड बाढीले बगाउँदा भीमदत्तको वडा नम्बर ६, ७ र ८ सँगको सडक अवरुद्ध विच्छेद भएको छ । ‘कल्भर्ड भत्किएको छ । गाडी सञ्चालन गर्न सकिने अवस्था छैन,’ नाथले भने, ‘कल्भर्ड भत्किएको ठाउँनिर हिँडेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

सम्बन्धित समाचार