लमजुङकी अनिताले साइप्रसमा गरीन आत्महत्या

लमजुङ : घरेलु कामदारका रूपमा लमजुङबाट साइप्रस आएकी अनिता गुरुङ यही असार २५ गते बिहान लिमासोल सहरस्थित उनी बस्ने गरेकै कोठामा मृत फेला परिन्। 

उनले विष पिएर आत्महत्या गरेको आशंका गरिए पनि पुष्टि हुन पोस्टमार्टमको रिपोर्ट कुरिरहेको नेपाली अवैतनिक वाणिज्य दूतावास निकोसिया कार्यलयले जानकारी दिएको छ।

Seti Hospital

पोस्टमार्टम सकिएपछि पक्रिया पूरा गरी शव नेपाल पठाइनेछ

अनिता गुरुङ, जो साइप्रसमा बितिन्।

अनिताको मृत्युपछि साइप्रसका नेपाली समाजमा निकै टिकाटिप्पणी भइरहेको छ।

यस्तो हुनुको खास कारणचाहिँ उनले मृत्युको बाटो रोज्नुपूर्व एकजना पुरुष साथीसँग टिकटकमा भावुक कुरा लेखेर दुइटा भिडिओ पोस्ट गरेका रहेछन्।

उनले भिडिओमा भनेकी छन्, ‘तिमीबाहेक अरू कोही थिएन मेरो, सायद तिमीले यही कुराको फाइदा उठायौ,’ ‘यो जुनीमा त यस्तै भयो हाम्रो माया अर्को जुनीमा हजुरकी भएर जन्म लिन आउने छु मेरो ठागु, धेरै माया धेरै सम्झना!’

ती पुरुषबाट प्रेममा धोका पाएपछि यस्तो निर्णय लिएको आरोप लगाइएको छ। यो नै अन्तिम यथार्थ भने नहुन सक्छ।

सामाजिक सञ्जालमा ठागु नाम राखेका ती पुरुषले नै अनितालाई काममा लगाइदिएका रहेछन्। त्यसैले रोजगारदाताले पनि ठागुलाई राम्ररी चिन्दो रहेछ।

ती ठागुले फेसबुक मात्र स्पष्टीकरण पनि दिएका छन्। उनले विष पिउनु एक घण्टाअघि अनिताले फोनमार्फत मर्ने कुरा गर्दा आफूले  सम्झाएको उल्लेख गरेका छन्। उनका अनुसार रोजगारदाताले फोन गरेपछि हेर्न जाँदा अनिता बेहोस भएर भुइँमा लडेकी रहिछन्। अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरिदिए।

अन्तिम फोन आफूलाई गरेको हुँदा सोधपुछका लागि प्रहरीले २४ घण्टा हिरासतमा राखेर छोडिदिएको ठागुको भनाइ छ।

उनको यस्तो अभिव्यक्तिले साइप्रसवासी नेपाली झन् सन्देहमा परेका छन्।

आत्महत्याको कारण प्रेममा धोका नभएर अर्कै पो हो कि!

नेपालदेखि दलालले सुखको सपना देखाएर पठाएको हुन्छ। दिनको ८ घण्टा काम। हरेक आइतबार बिदा। खाने र बस्ने सुविधा स्तरीय। तर, ठ्याक्कै यसको उल्टो हुन्छ धेरैजसोलाई साइप्रसमा।

दिनको पन्ध्र/सोह्र घण्टा खटिनुपर्छ। घरेलु कामदारलाई महिनाको एउटा बिदा त्यो पनि बिहानको काम भ्याएपछि मात्रै।

चौबीसै घण्टा घरभित्र हुँदा ताजा हावा पनि लिन नपाउने अवस्थामा भाषा नबुझिनु अनि खानाको परिकार नमिल्नु अर्को समस्या! सहमतिअनुसार तलब नपाउनु अनि समयमै नदिनुका पीडा पनि। 

नेपालका दलाललाई समस्या जानकारी गराउँदा साइप्रसकै दलालको थाप्लोमा हालिदिन्छ। या त फोन नै उठाउँदैन।

यताका दलालचाहिँ जहिलै कानमा तेल हाले सुतेजस्तो। उल्टो धम्क्याएर नेपाल पठाइदिने चेतावनी दिन्छ।

नयाँ ठाउँमा नियम-कानुन पनि थाहा हुँदैन। ऋण काढेर कमाउन आएको दुई महिनामा रित्तो हात घर फर्किन पनि मिलेन।

चारैतिर दैलो बन्द भएजस्तो लाग्छ। अनि गलत निर्णय लिने गरिएको हो कि!

तर, जान्ने हो भने बाटाहरूचाहिँ खुला हुन्छन्। नेपाली कन्सुलेन्टलाई सम्पर्क गर्न सकिन्छ। थाहा नभए अन्य साथीहरूसँग सोध्दा हुन्छ। काममा अप्ठ्यारो परे रिलिज पेपर मागेर अन्त जान सकिन्छ।

यातना दिन्छ भने साइप्रस प्रहरीलाई उजुरी दिँदा हुन्छ। अर्को जुक्ति- झोला बोकेर दलालकहाँ बस्न गए पनि हुन्छ।

उसले कहीँ न कहीँ काम खोजेर लगाइदिन्छ। तर, अनिताले अपनाएजस्तो अन्तिम उपायचाहिँ ठीक होइन। यस्तो निर्णयले बूढा बाआमा, आफन्त, हितैषीलाई आघात पर्छ। सायद जीवनभर कतै नदेखिने तर गहिरिएर दुखिरहने घाउ बन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार