२३-२४ भदौको प्रतिवेदन सार्वजनिक गर्न र सुकुमवासीको अवस्था अनुगमन गर्न माग  

२१ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले २३–२४ भदौको घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आयोगका सचिव मुरारीप्रसाद खरेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेविसंघका तर्फबाट केन्द्रीय कार्यालय, काठमाडौंले आज आयोग सचिव खरेललाई बुझाएको पत्रमा २३–२४ भदौका घटनाबारे आयोगले गठन गरेको अध्ययन टोलीले आफ्नो प्रतिवेदन ६ चैतमै बुझाइसके पनि हालसम्म सार्वजनिक नगरिएकोप्रति गम्भीर आपत्ति जनाइएको छ ।

पत्रमा प्रतिवेदन सार्वजनिक नगर्नु आयोगको संवैधानिक दायित्व, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउने विषय भएको उल्लेख गरिएको छ ।

पत्रमा घटनाको अध्ययन, तथ्य संकलन, सरोकारवालाको बयान, राज्यको भूमिकाको परीक्षण तथा मानवअधिकार उल्लंघनको मूल्यांकनजस्ता संवेदनशील कार्य सम्पन्न भइसकेपछि पनि प्रतिवेदन अनिश्चितकालसम्म रोकिराख्नु आपत्तिजनक भएको उल्लेख गरिएको छ ।

त्यसैगरी, देशभर भूमिहीन सुकुमवासी बस्ती हटाइएपछि हजारौं नागरिक विस्थापित बनेको, उनीहरूले बासस्थान, शिक्षा, स्वास्थ्य, खाद्य पहुँच तथा न्यूनतम मानवीय सेवासमेत नपाएको भन्दै नेविसंघले आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ।

विस्थापित नागरिकका लागि निर्माण गरिएका होल्डिङ सेन्टरहरू अव्यवस्थित, अपर्याप्त र आधारभूत सेवाविहीन रहेको गुनासो पनि पत्रमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार