काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी)ले आफ्नो पार्टीलाई बैठकमा नबोलाएको बताएका छन् ।
सोमबार (वैशाख २१) उनले सामाजिक सञ्जालमार्फत सभामुख अर्यालले राखेकाे बैठकमा आफ्नो पार्टीलाई नडाकेको बताएका छन् ।
साम्पाङले लेखेका छन्, “सभामुखले बोलाएको बैठकमा श्रम संस्कृतिलाई जानकारी दिइएन, पठाइएन । धेरै यो त्यो नभन्नु । मिडियाले सत्यतथ्य साभार गर्नु ।”
सत्तारूढ दल र प्रतिनिधिसभामा रहेका विपक्षी दलका सचेतकसँग सोमबार प्रतिनिधिसभाका सभामुख अर्यालले छलफल गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्