महाकालीको बहाव घटेपछि शारदा ब्यारजेको पुलमा चारपांग्रे सवारी आवागमन सुरु

धनगढी : महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुलमा चार दिनपछि चारपांग्रे सवारी साधनको आवागमन खुला भएको छ । 

मंगलबार बिहानदेखि चारपांग्रे सवारी साधन आवागमन खुला गरिएको हो । 

Dengue

बिहान ७ बजेको मापनअनुसार महाकालीमा पानीका बहाव ९७ हजार ६ सय क्युसेक पुगेको छ । 

पानीको बहाव १ लाख क्युसेकभन्दा तल पुगेपछि बिहान ७ बजेदेखि पुल ठूला सवारी साधनका लागि खुला गरिएको हो ।

शनिबारदेखि महाकालीमा पानीको बहाव बढेपछि पुलमा चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार