घट्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

काठमाडौँ : राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७२ पैसा कायम गरिएको छ।

Dengue

शुक्रबार डलर एकको खरिदद १३३ रूपैयाँ २४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८४ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसा घटेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

आज पाउण्ड एकको खरिदमा १६८ रूपैयाँ ३४ पैसा र बिक्रीदर १६९ रूपैयाँ १० पैसा तोकिएको छ।

शुक्रबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रूपैयाँ २९ पैसा कायम गरिएको थियो।

युरोपियन युरो एकको खरिददर आज १४२ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रूपैयाँ १२ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १० पैसा घटेको हो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ६० पैसा र बिक्रीमा ८९ रूपैयाँ पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ १८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ६२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ २२ पैसा र बिक्रीमा २८ रूपैयाँ ३५ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ९० पैसा र बिक्रीमा ४३५ रूपैयाँ ८५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ११ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७० पैसा तोकिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार