सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो

काठमाडौँ : नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको जानकारी गराएको हो । 

आइतबार छापावाल सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँ रहेकामा सोमबार घटेर १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो । 

Dengue

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ कायम हुँदा सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार