संघीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौं : संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने सम्भावित कार्यसूची छ ।
नीति कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि पारित गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको हो ।

Dengue

प्रतिनिधिसभाको बैठकमा भने अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८० – ८१ को आर्थिक सर्वेक्षण पेश गर्नेछन् । यसैगरी उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।प्रतिनिधिसभाको आज बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पनि राष्ट्रिय सभामा उत्पति भएको विद्युत ब्यापार विद्येयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धी समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धी समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तो छ संसदको सम्भावित कार्यसूची

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार