बझाङबाट गर्भवती सुपारीको हेलिकोप्टर मार्फत उद्धार

सुरज चन्द

धनगढी : बझाङबाट गर्भवतीको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको साईपाल गाउँपालिका–४ धुलीकी २६ वर्षीया सुपारी कुमारी बोहराको बिहीवार हेलिकोप्टर मार्फत उद्धार गरिएको हो।

बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार ३४ हप्ताको बच्चा पेटमा रहेकी महिलाको हेलिकोप्टर मार्फत उद्धार गरेर सुर्खेत लगिएको छ। उनलाई सुत्केरी हुनु अगावै अत्यधिक रक्तस्राव भएको छ।

Seti Hospital

जिल्ला अस्पताल बझाङमा यस्ता समस्याले जिल्लामा ३\४ जना महिलाको ज्यान गएकाले सिधै सुर्खेत पठाइएको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर मार्फत गर्भवतीको उद्धार गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार