एरिष्टोद्वारा ‘असल अभिभावक तथा शिक्षक विद्यार्थी अभिमुखीकरण’ कार्यक्रम सम्पन्न

काठमाडौँ । एरिष्टो माध्यामिक विद्यालयले ‘असल अभिभावक तथा शिक्षक विद्यार्थी अभिमुखीकरण’ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार एरिष्टोले ५ सय विद्यार्थी र झण्डै ७ सय बढी अभिभावकको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको सभापतित्व एरिष्टो माविका म्यानेजिङ डिरेक्टर शान्ती अधिकारीले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका मोटिभेस्नल स्पिकर डा. ताराप्रसाद गिरीले बालबालिकाको सुनौलो भविष्यका लागि अपरिहार्य अभिभावक भन्ने विषयमा प्रस्तुती दिएका थिए । साथै उनले विद्यार्थीहरुको पहिलो विद्यालय घर भएकोले अभिभावकहरुले बालबालिकाप्रति गर्ने व्यवहार र जिम्मेवारीको बोध कसरी गर्ने ? भन्नै विषयमा पनि प्रशिक्षण दिएका थिए ।

Dengue

त्यस्तै, कार्यक्रममा बोल्दै एरिष्टो इंग्लिस हाई स्कुलका शिक्षक तेजराज कापडीले कार्यक्रम निकै फलदायी रहेको बताए । यस प्रकृतिको कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैको मनोवल बढाउँछ ।, उनले भने, वर्षभरीमा एक दिन पनि यस्तो कार्यक्रम गर्दा विद्यार्थीको मनोबल बढ्नुका साथै जीवनमा पनि सकारात्मक प्रभाव पार्छ ।

यस्तै विद्यालयका कार्यकारी निर्देशक शान्ती अधिकारीले आधुनिक युगमा अभिभावकहरुका लागी उत्प्रेरणादायी कार्यक्रम जरुरी रहेको बताएकी छिन् । पछिल्लो समय बदलिँदो प्रविधिकाबीच अधिकांश अभिभावक मोबाइलमै व्यस्त रहने हुँदा बालबालिकाले पनि त्यही सिक्ने र पढाई बिग्रिने गरेको उनले बताइन् । यसतर्फ सचेत रहन उनले अभिभावकहरुलाई पनि आग्रह गरेकी छिन् ।

विशिष्ट अथिति धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खाति रहेको उक्त कार्यक्रममा शिक्षक, शिक्षिका, अभिभावक, विद्यार्थी, पत्रकार तथा बौद्धिक व्यक्तिको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा विद्यालयले केही महिनाअघि दिवङ्गत भएकी विद्यालयकी कर्मचारी बसन्ती नेपालिको परिवारलाई ५ लाखको चेक हस्तान्तरण गरेको छ । विद्यालयले विद्यालयका कार्यरत कुनै पनि शिक्षक तथा कर्मचारीको कार्यकाल अवधिमै मृत्यु भएमा सुरक्षाको लागि जीवन बीमास्वरुप प्रत्येक कर्मचारीको नाममा ५ लाख रुपैयाँ जम्मा गरिदिने गरेको विद्यालयका प्रधानाध्यापक हरि बुढाथोकीले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार