पार्किङ गरिराखेको स्कुल बसमा कस्ले लगायो आगो ?

दाङ- दाङमा पार्किङ गरिएको स्कुल बसमा आगलागी भएको छ। गढवामा अवस्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलको बसमा शुक्रबार राति अचानक आगलागी भएको हाे।

बस गढवा गाउँपालिका वडा नम्बर २ बघमरुवा निवासी अर्जुन योगीको घरको आँगनमा पार्किङ गरिएको थियाे।

SHIKHAR COOL TECH

लु १ क ५३३५ नम्बरको स्कुल बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय, गढवाका प्रहरी निरीक्षक नवीन वलिले जानकारी दिए। घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ।

पार्किङमा रहेको बसमा एक्कासि आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्। गढवा गाउँपालिकाको दमकल, प्रहरी तथा स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको थियो।

राति साढे १० बजेतिर बसमा आगलागी भएको प्रिन्सिपल दीपककुमार यादवले जनाएका छन्। आगलागीको कारण भने अझै खुल्न सकेकाे छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार