चन्द्रमाको दक्षिणी ध्रुवमा अमेरिकी अन्तरिक्षयान सफलतापूर्वक अवतरण

एजेन्सी : अमेरिकाको एक निजी कम्पनीले चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान सफलतापूर्वक अवतरण गरेको छ।

‘इट्युटिभ मसिन्स’ले आज बिहानपख आफ्नो अन्तरीक्षयान चन्द्रमामा सफलतापूर्वक अवतरण गराएको हो। योसँगै अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने दोस्रो देश बनेको छ भने इट्युटिभ मसिन्स चन्द्रमा पुग्ने पहिलो निजी कम्पनी बनेको छ।

Seti Hospital

यसअघि भारतले गत वर्षको २३ अगस्तमा चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको थियो । इट्युटिभ मसिन्सका निर्देशक टिम क्रेनले ‘मिसन ओडिसियस’बिना कुनै अवरोध चन्द्रमाको सतहमा उत्रिएको बताए।

यो मिसनका लागि अमेरिकी स्पेस एजेन्सी नासाले सहयोग गरेको छ। मालापर्ट नाम दिएको चन्द्रमाको समथर भूभागमा सूर्यको प्रकाश नपुगेको बीबीसीले जनाएको छ। नासाले उक्त क्षेत्रमा अन्तरीक्षयात्री पठाउने तयारी गरिरहेको छ।

अमेरिकाले ५१ वर्षअघि सन् १९७२ मा अपोलो–१७ मिसनमार्फत् आफ्नो यान चन्द्रमामा पठाएको थियो। त्यसपछि सन् २०२२ मा आर्टिमिस–१ मिसन चन्द्रमाका लागि पठाइए पनि उक्त यान चन्द्रमामा चक्कर लगाएर अवतरण नगरी फर्किएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार