अन्डाको प्रयोगले कपाल लामो बनाउनुहोस्

एजेन्सी । जो महिलाले पनि आफ्नो कपाल लामो र सुन्दर भएको हेर्न चाहन्छ । यसका लागि विभिन्न उपायहरु अपनाउनुपर्ने हुन्छ । आउनुहोस् जानौं कपाल लामो बनाउनका लागि अन्डाको प्रयोग कसरी गर्नुपर्दछ ?

कपालका लागि अन्डा एकदमै फाइदाजनक हुन्छ । यसको प्रयोगले कपाल लामो हुन थाल्छन् । अन्डामा जैतुनको तेल मिसाएर लगाउँदा कपाल लामो हुन्छ । यसलाई लगभग २० मिनेटसम्म कपालमा लगाएर राख्नुपर्दछ ।

Dengue

त्यस्तै एलोवेरा र अन्डाको मिश्रण पनि कपालका लागि एकदमै राम्रो हुन्छ । यी दुबैमा हुने तत्वले कपाललाई सिल्की र मुलायम बनाउनुका साथै लामो समेत बनाउँदै लग्नेछ । तपाईं मेहेन्दीमा समेत अन्डा मिसाएर लगाउन सक्नुहुन्छ । यसले कपाल झर्ने समस्या कम हुनुका साथै नयाँ कपाल उम्रन थाल्छ ।

कपालको जराहरु बलियो बनाउनका लागि मेथी एकदमै फाइदाजनक हुन्छ । त्यसैले मेथी र अन्डा मिसाएको लेप कपालमा लगाउनुभयो भने यसले कपाल बलियो बनाउनुका साथै लामो पनि हुन्छ ।

अन्डाको प्रयोगले सेतो कपाल समेत कम हुँदै जान्छ । यसले कपाल कालो पनि हुन थाल्छ । यसरी कपाल लामो बनाउनका लागि अन्डा एकदमै राम्रो उपाय हो । यसले कपालको क्वालिटी पनि राम्रो हुँदै जान्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार