सुदूरपश्चिम प्रदेश सरकार लगानी सम्मेलनको आयोजना गर्ने

धनगढी, ३ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकार लगानी सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेशमा कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आउँदो फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले कुनै नकुनै लगानी गर्ने प्रतिबद्धता हुने गरी प्रदेश लगानी सम्मेलन आयोजना गरिने बताए । उनले लगानी सम्मेलनबाट सुदूरपश्चिम प्रदेशमा लगानी गर्न सम्मेलनबाटै केही नकेही लगानीको प्रतिबद्धता गर्ने गरी सम्मेलन आयोजना गरिने उल्लेख गरे।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा लगानी तथा विकास सम्मेलन आयोजना गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार