नेपाल–भारत सीमा झुलाघाटस्थित झोलुंगे पुलमा आंशिक आवतजावत सुरु

धनगढी, २८ असोज । नेपाल–भारत सीमा झुलाघाटस्थित झोलुंगे पुल आंशिक रुपमा आवतजावत सुरु भएको छ । यही असोज ९ गतेबाट पुलमा मर्मतको काम जारी रहेको पुलको मर्मत कार्य जारी रहेका कारण आंशिक रुपमा आवतजावत सुरु भएको जिल्ला प्रशासन कार्यालय बैतडिले जनाएको छ ।

पुलमा आंशिक रुपमा मात्रै आवतजावत भइरहेकाले दशैंका लागि घर फर्कनेहरुलाई भने सास्ती भएको छ । पुलमा नियमित आवतजावत नहुँदा दशैंका लागि घर फर्कनेहरुलाई पुलमा सीमा नाकामा सास्ती भइरहेको बताईएको छ । झुलाघाट पुल जीर्ण भएका कारण मर्मत सम्भारको काम भइरहेको र दशैं अघि पुल मर्मतको काम नसकिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए ।

Dengue

पुल मर्मतको काम भइरहेकाले बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि दिउँसो ४ बजेर १५ मिनेटसम्म पुलमा आवागमन भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार