माछा सेवनका तीन बेफाइदा, आन्द्रामा समेत हुनसक्छ हानि

काठमाडौं: मांसाहारी भोजनमा यदि तपाईँ माछा सेवन गर्नु हुन्छ भने यो स्वास्थ्यका लागि अत्यधिक फाइदाजनक मानिन्छ ।

माछामा पर्याप्त प्रोटीन, ओमेगा ३, फ्याटी एसिडजस्ता पोषक तत्वहरु पाइन्छ । माछा भोजनमा समावेश गर्नाले मानिसको आँखाको ज्योती राम्रो हुन्छ ।

Dengue

तर, केही मानिस आवश्यकताभन्दा बढी माछा सेवन गर्छन् । कुनै पनि कुरालाई आवश्यकता भन्दा बढी सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

यसका साथै यदि हामीले माछाको सेवन अत्यधिक गर्यौँ भने यसले साइड इफेक्टसमेत गर्न थाल्छ ।

माछा स्वादिष्ट परिकार हो । यसले स्वास्थ्यलाई फाइदा पुर्याउँछ, तर आवश्यकता भन्दा बढी सेवनले यी अंगहरुमा नराम्रोसंग असर पुर्याउँछ ।

आन्द्रामा हुने नोक्सान

कुनै माछामा मर्करीको स्तर उच्च हुन्छ । त्यस्ता प्रकारका माछा धेरै खानाले वान्ता आउने, वाकवाक लाग्ने, पेट दुख्ने जस्ता समस्या उत्पन्न हुन्छ । यसबाहेक मर्करीले आन्द्रामा नराम्रो असर गर्छ । यसको ब्याक्टेरियाले आन्द्रामा नोक्सान पुर्याउँछ । त्यसैले अत्यधिक मात्रामा माछा सेवन गर्नु हुँदैन ।

फाइबरमा कमी

माछामा फाइबर पर्याप्त मात्रामा हुँदैन । यहि कारणले माछाको अत्यधिक सेवनपछि शरीरले पर्याप्त फाइबर प्राप्त गर्न सक्दैन । फाइबरको कमीले आन्द्रामा नराम्रो ब्याक्टेरिया वृद्धि हुन थाल्छ । यसले आन्द्राको माइक्रो बायो अर्ग्यानिजममा असन्तुलन आउन थाल्छ र पाचन बिग्रन सक्छ । त्यसैले त्यस्ता खाद्य पदार्थ सेवन गर्नु पर्छ, जसमा फाइबर पर्याप्त मात्रामा हुन्छ ।

फ्याटमा वृद्धि

केही माछा ट्रान्स फ्याट र नराम्रो फ्याटको स्रोत हुन्छन् । यो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यी माछामा अस्वस्थ्यकर फ्याटको मात्रा अत्यधिक हुन्छ, जसको सेवनले आन्द्रामा सुनिन्छ । यसका साथै यस प्रकारको माछा खानाले चिडचिडापन आदिको समस्या हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार