गालियो विमानस्थल बाहिरबाट बरामद सुन, तौल ६० किलो ७ सय १६ ग्राम

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले गालेको छ।

महाशाखाले ब्रेक शुबाट सोमबार निकालिएको सुन मंगलबार गालेको हो।

Dengue

तौलिएपछि उक्त सुन ६० किलो ७ सय १६ ग्राम भएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

सोमबार ब्रेक शुबाट निकालेर तौलिँदा उक्त सुन ६० किलो ७ सय ८९ ग्राम थियो। अहिले सुन गालेर ३४ वटा बिस्कुट बनाएको उनले बताए।

सुन गाल्दा थोरै मात्रै जर्ती निस्किएको छ। ७३ ग्राम जर्ती निस्किएको उनले बताए।

अब महाशाखाले यसको गुणस्तर परीक्षण गर्नेछ। ३ दिनभित्र गुणस्तर परीक्षण गरिसक्ने महाशाखाले बताएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेपछि सुन जोखिएको थियो।

राजश्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु विमानस्थल बाहिरबाट बरामद गरेको थियो।

सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार