सुदूरपश्चिममा डेंगी संक्रमितको संख्या ४०४ पुग्यो

धनगढी: नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार कटेको छ। ७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन्।

सुदूरपश्चिम प्रदेशका ४०४ जनामा डेंगी संक्रमित भएको छ। डेंगीबाट सबैभन्दा बढी प्रदेशको दार्चुलामा १९२ वटा केशहरु पाइएका छन्। यस्तै देशको सबै भन्दाबढी सुनसरी जिल्ला प्रभावित बनेको छ। उक्त जिल्लामा संक्रमिको संख्या ६ हजार ३०० पुगिसकेको छ। अघिल्लो वर्ष काठमाडौँ जिल्ला डेंगीको हटस्पटमा बनेकोमा यो वर्ष सुनसरीमा डेंगी संक्रमण व्यापक फैलिएको हो।

Seti Hospital

त्यसैगरी मोरङमा १ हजार ३९३, धादिङमा १ हजार ११०, कास्कीमा २२७ , धनकुटामा २२३, दार्चुलामा १९२, झापामा १८२, काठमाडौँमा १५३, संखुवासबामा १४८ र तनहुँमा ७९ वटा केशहरु पाइएका छन्।प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमै ८ हजार ४२० जनामा डेंगी संक्रमण भइसकेको छ। त्यसैगरी वाग्मती प्रदेशमा १ हजार ५४७, गण्डकी प्रदेशमा ४८१ र सुदूरपश्चिम प्रदेशमा ४०४ जना, लुम्बिनी प्रदेशमा २१९, मधेश प्रदेशमा ५८ र कर्णाली प्रदेशमा २८ जना संक्रमित भइसकेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार