कैलालीको टीकापुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड

भक्तराज जोशी


धनगढी, २१ साउन । कैलालीको एक विद्यालयमा तोडफोड गरिएको छ । शनिवार राति जिल्लाको टीकापुर नगरपालिका–३ शंकरपुरमा रहेको केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड भएको हो ।

अज्ञात समूहले तीन वटा कक्षाकोठाको ढोका फोडेर डेस्क बेन्च तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार तीन कोठाका १० थान डेस्क–बेच्न र झ्याल–ढोकामा तोडफोड गरिएको छ ।

Dengue

तोडफोडबाट करिब ३० हजार बराबरको क्षति भएको प्रधानाध्यापक भट्टराईले बताए । उनले विद्यालयमा तोडफोड गर्ने दोषीमाथी कडा कारबाही हुनुपर्ने माग राखे ।

सो विद्यालयमा यस्ता घटनाहरु पटकपटक दोहोरिने गरेको समेत उनको भनाई छ । उनले आफु प्रधानाध्यापक भएर आइसकेपछि चौथो पटक विद्यालयमा तोडफोड भैसकेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार