कञ्चनपुर: कञ्चनपुरमा कुटपिट मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।
कञ्चनपुर जिल्ला अदालतको मिति २०७७ पौष १२ गतेको फैसलाले कुटपिट मुद्धामा रु ५ हजार जरिवाना भई फरार रहेका कञ्चनपुरको लालझाडी गाउँपालीका ४ का चेतराम रानालाई पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आज सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । पक्राउ परेका रानालाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरेकोमा तोकिएको जरिवाना तिर्न नसकि कारागार चलान गरिएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्