किन बढ्यो युवामा ढाड, कम्मर, गर्धन दुख्ने समस्या ?

काठमाडौँ: पहिला वृद्धाहरूमा हुने ढाड, कम्मर, गर्धन दुख्ने समस्या पछिल्लो समयमा युवामा पनि धेरै देखिन थालेको छ। यो समस्याले अहिलेका युवा पुस्ता बढी ग्रसित देखिन्छन्। पहिला यो प्राकृतिक रूपमा या हड्डी खिइएर हुने गथ्र्यो ।

तर आजभोलि युवा पुस्ता ग्रसित छन् । ढाड, कम्मर दुख्ने समस्याको समयमै उपचार गरिएन भने गम्भीर समस्या निम्तिन सक्छ । जब शरीरमा एक्टिभिटीको कमी हुन्छ । शरीर कमजोर हुँदै जान्छ । समयमै उपचार गरिएन भने गम्भीर समस्या निम्तिन सक्छ । शारीरिक सक्रियताको कमीले डिप्रेसन, मानसिक समस्या, मधुमेहदेखि मुटु रोगसम्म र साथै हड्डी खिइनेदेखि हड्डी खोक्रो हुनेसम्मका रोग लग्ने गरेको चिकित्सक बताउँछन् ।

Dengue

ढाड, कम्मर, गर्धन दुख्ने समस्या कस्तो समस्या हो रु के कारणले दुख्छ रु निदानका उपाय के के हुन सक्छन् रु ढाडको दुखाइ कति बेला गम्भीर हुन्छरु ढाडको दुखाइबाट कसरी जोगिने रु लगायतका विषयमा आधारित रहेर खबरहबका लागि प्रकृति तथा दुखाई रोग विशेषज्ञ डा। सुनिल पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

अहिलेका युवामा ढाड, कम्मर, गर्धन दुख्ने समस्या किन बढिरहेको छ ?
अहिले हामी सक्रिय जीवनबाट डिजिटल लाइफमा परिणत हुँदै गएका छौं । यसले यो समस्या बढ्दै गएको छ । एकै ठाउँमा घन्टौँसम्म बस्ने मोबाइल फोन चलाउने र एउटै पोजिसनमा बसिरहने हुँदा यो समस्या बढेको छ । जब शरीरमा एक्टिभिटीको कमी हुन्छ शरीर कमजोर हुँदै जान्छ । शारीरिक एक्टिभिटीको कमीले डिप्रेसनदेखि मानसिक समस्यासम्म मधुमेहदेखि मुटु रोगसम्म बढ्दै गएको छ ।

साथै हड्डी खिइनेदेखि हड्डी खोक्रो हुनेसम्मका रोग लाग्छ । आजभोलि डिजिटल लाइफले हाम्रो मेकानिकल समस्या निम्ताएको छ । हामीले आजभोलि काम गर्नै छोड्यौं । बसीबसी काम गरेका छौँ । प्रकृतिसँग हुर्कने समय नपाएका कारण पनि समस्या बढिरहेको छ । उमेर बढ्दै जाने बेलामा पनि समस्या आउँछ । खानपिन व्यायाम जीवनशैली नमिल्दा पनि समस्या आउँछ । अप्राकृतिक र डिजिटल लाइफले गर्दा रोग प्रतिरोधात्मक क्षमता पनि घटिरहेको छ । अहिलेका युवा पुस्ता कुलतमा फस्ने क्रम पनि बढ्दो छ । यसले पनि समस्या ल्याएको छ ।

कहिलेकाहीँ दुर्लभ रूपमा क्यान्सर, ट्युमरले गर्दा, केहीमा पाठेघरको समस्या, तल्लो पेटका समस्या, थाइरोइड, हर्मोनका समस्या, मेटाबोलिक डिजिज लगायतले पनि यो समस्या देखापर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार