दाईले जस्तै स्कूल टप्ने इच्छाले एसइईमा सुदूर टपेकी नितु, कसरी भइन् सफल ? (भिडियो)

धनगढी । माध्यामिक शिक्षा परीक्षा एसइईमा सुदूरपश्चिममै अब्बल बनेकी नितु विष्टले आफ्नो मिहेनत र परिवारको सपोर्टका कारण यो नतिजा ल्याउन सफल भएको बताएकी छिन् । एसइई परीक्षामा ४.० जीपिए ल्याएर अब्बल बनेकी नितु ग्यालेक्सी मावीमा अध्ययन गरिरहेकी छिन् ।

एसइईमा अब्बल नतिजा आएपछि निकट भविष्यमा ग्यालेक्सी मावीमै साइन्स लिएर पढ्ने नितुले बताएकी छिन् । पढाईमा आफ्नो दाईले सँधै स्कुल टपेको देख्दा आफूले पनि त्यस्तै हाईहाई पाउने इच्छाले पढाईमा मिहेनत गरेको नितु बताउँछिन् । उनले आफ्नो सफलताका लागि विद्यालय, शिक्षक, अभिभावक र आफ्ना साथीभाई पनि धन्यवाद दिएकी छिन् ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार