सौभाग्य हस्पिटलले निःशुल्क रगत जाँचसहित परामर्श तथा उपचार सेवा दिने

धनगढी: धनगढीको सौभाग्य अस्पतालले १५ दिने निःशुल्क रगत जाँचसहित विषेशज्ञ डाक्टरद्वारा निःशुल्क परामर्श तथा उपचार सेवा दिने भएको छ।

सौभाग्य हस्पिटलले धनगढीमै पहिलोपटक १५ दिने निःशुल्क रगत जाँच सहित विषेशज्ञ डाक्टरले निःशुल्क परामर्श तथा उपचार सेवा असार २५ गतेदेखि दिने सौभाग्य हस्पिटलले जनाएको छ। निःशुल्क विषेशज्ञ सेवाहरूमा पेट मुटु र छाती, हाड जोर्नी तथा नसा सम्बन्धी छाती दुख्ने, पोल्ने श्वास फेर्न गाह्रो हुने, दम बढ्ने, पेट दुख्ने, पोल्ने, भोक नलाउने अपच हुने, उच्च रक्तचाप, सुगर, थाइराइड जन्डिस, पिसाब पोल्ने, पिसाव कम बढी हुने, हातखुट्टा दुख्ने, कमक्रम हुने पोल्ने, हातखुट्टा दुख्ने, सुन्निने, थकाइ लाग्ने, निदाउने रहेका छन्।

Dengue

महिला रोग सम्बन्ध पाठेघरमा मासु पलाएको, आङ खसेको उपचार तथा शल्यक्रिया, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, निसन्तान तथा बाँझोपन सम्बन्धी चेक जाँच, स्तनमा गाँठागुठी, सेतो गन्हाउने पानी बग्ने, गर्भवती जाँच तथा परामर्श डेलीभरी सेवा पनि निःशुल्क दिइने सौभाग्य अस्पतालले जनाएको छ।

हाईड्रोसिल हर्निया एपेन्डिक्सको अप्रेशन, गीठागुठी, पाइल्स, फिस्टुला, फिसरको अप्रेशन, दुर्विन विधीद्वारा पितथैली, आन्द्रामा प्वाल परेको फुटेको अप्रेशन सेवा पनि दिइनेछ। साथै औषधीमा १० र बाँकी ल्याब सुविधामा २० प्रतिशत छुट रहेको अस्पतालले जनाएको छ। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार