बिहान उठेर यी तीन काम गर्नुहोस् र मोटोपनबाट छुट्कारा पाउनुहोस्

एजेन्सी। मोटोपना जीवनशैलीसँग जोडिएको आम समस्या हो, जसबाट हिजोआज धेरै मानिसहरू समस्यामा छन् । यसको मुख्य कारण शारीरिकरूपमा क्रियाशीलताको कमी नै हो ।

मोटोपनले हाम्रो आत्मविश्वासलाई कम गर्नुका साथै यसले धेरै रोगहरू पनि निम्त्याउँछ । त्यसैले, अहिले नै बानी सुधारेर स्वस्थ र सुडौल भएको नै राम्रो हुन्छ । यसका लागि तपाईंले बिहानमा केही कामहरू गर्न सक्नुहुन्छ । जसले तपाईंको राम्रो दिनको सुरुआत हुनेछ । यसरी सानो सानो पाइलाबाट नै तपाईंले सफलता हासिल गर्नुहुनेछ ।

Dengue

विभिन्न स्वास्थ्य विशेषज्ञ तथा डाक्टरहरूबाट पनि प्रमाणित भएका केही काम जसलाई तपाईंले नियमितरूपमा पालना गर्नुभयो भने छिटै नै मोटोपनबाट छुट्कारा पाउनुहुनेछ । साथै, यसले स्वास्थ्य पनि राम्रो बनाउँदै लग्नेछ । अब लागौं ती कामहरूतर्फ जसलाई तपाईं आजैदेखि अपनाउनुहुनेछ ।

१. आयल पुलिंग

यो एकप्रकारको कुल्ला गर्ने प्रक्रिया हो जसमा तेलको प्रयोग गरिन्छ । पुरानो समयमा मानिसहरू आयल पुलिंग गरेर शरीरका कैयौं समस्याहरूबाट छुट्कारा पाउने गर्दछन् । आयुर्वेदमा पनि यो गर्ने सल्लाह दिइएको छ । नियमित आयल पुलिंग गर्नाले मुखका ब्याक्टेरिया र दुर्गन्ध टाढा भाग्छ साथै, गिंजा सुन्निने समस्या पनि कम हुन्छ । साथमा यसले शरीरलाई डिटक्स गरेर ऊर्जा दिने काम गर्छ ।

विधि

– एक ठूलो चम्चा तिलको तेल वा वर्जिन कोकोनट तेल आफ्नो मुखमा राख्नुहोस् ।

– यसलाई लगभग ५ देखि २० मिनेटसम्म मुखमा घुमाउनुहोस् ।

– त्यसपछि उक्त तेल थुक्नुहोस् ।

सावधानी: आयल पुलिंग गर्ने समयमा तेललाई निल्नबाट बच्नुहोस् किनकि तेल निल्यो भने खराब ब्याक्टेरियाहरू पेटभित्र जान्छन् जसले गर्दा शरीरमा नोक्सान पुग्न सक्छ ।

२. दुई गिलास पानी

खाली पेट दुई गिलास पानी पिउने बानीले शरीरका जरुरी अंगहरू हाइड्रेट तथा स्वस्थ रहन्छन् । पानीले रक्तसञ्चारमा पनि सहयोग गर्छ, जसले न्युट्रिएन्ट्सलाई सेल्ससम्म पुर्‍याउने काम गर्छ र टक्सिसलाई हटाउँछ ।

यदि, तपाईं बिहान उठ्नेबित्तिकै पानी पिउनुहुन्छ भने शरीर हाइड्रेटेड रहन्छ । यसले तपाईंको मेटाबोलिज्म बलियो हुन्छ, जसले गर्दा तौल कम गर्न पनि सहयोग पुग्छ । यसबाहेक बिहान खाली पेट पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । पानीले शरीर डिटक्स हुन्छ जसले गर्दा अनुहारमा पनि चमक आउँछ साथै कपालको स्वास्थ्य पनि राम्रो हुन्छ ।

३. भिजाएका नट्स तथा सिड्स

जब नट्स तथा सिड्सलाई भिजाएर खाइन्छ, त्यसमा भएको खराब तत्वहरू बाहिर आइसकेको हुन्छ । जसले गर्दा पौष्टिक तत्वहरू बढ्ने गर्छन् । यी फ्याटी एसिड, एन्टी अक्सीडेन्ट, कार्बोहाइड्रेट, अमिनो एसिड आदिले भरपूर हुने गर्दछन् । भिजाएका नट्स खाँदा कैयौं रोगहरूसँग बच्नुका साथै छाला तथा कपालको सुन्दरता पनि बढेर जान्छ ।

बिहान भिजेका नट्स तथा सिड्स खानाले तपाईं पूरै दिनभर ऊर्जावान् महसुस गर्नुहुनेछ । यसले तपाईं रगतमा चिनीको मात्रा तथा तौललाई नियन्त्रित गर्ने काम गर्दछ । यसबाहेक कोलेस्ट्रोलको मात्रा पनि कम हुन्छ र मानसिक स्वास्थ्य ठीक रहन्छ । यसबाहेक तपाईं मुटुको स्वास्थ्य पनि राम्रो हुन्छ र हर्मोन्सहरूलाई नियन्त्रणमा राख्ने काम गर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार