देशभरको तापक्रम कहिले घट्छ ? के भन्छन मौसमविद्

धनगढी । लगातार गर्मी महशुस गरिएका मध्य र पश्चिम तराईका भूभागहरूमा अझै केही दिन तापक्रम यथावत् रहने भएको छ। वरिष्ट मौसमविद् वरूण पौडेलका अनुसार ती स्थानहरूमा तत्काल पानी पर्ने सम्भावना नरहेकाले मौसम अझै केही दिन यथावत् रहने सम्भावना छ।

पूर्वी तराई र मधेश प्रदेशका पूर्वी बेल्टमा भने अब विस्तारै तापक्रम घट्न सक्ने पौडेलले जानकारी दिए। आज पनि मधेश प्रद्श लगायत पश्चिम तराईमा घाम नै लाग्ने सम्भावना छ। पहाडी भूभागमा बेलुकापख अलिअलि बादल जम्मा भएर हल्का वर्षाको सम्भावना रहेको पौडेलले बताए।

Seti Hospital

बिहिबार केरला आइपुगेको मनसुनी वायु अझै नेपाल भित्रिएको छैन। स्थानीय वायु पनि सक्रिय नभएकाले वर्षाको सम्भावना नहुँदा तापक्रम हिजोअस्तीसरह नै हुने बताइएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार जनकपुर, सिमरा र भैरहवामा तापक्रम ४२ डिग्रीभन्दा बढी मापन गरिएको थियो। त्यस्तै नेपालगञ्जमा ४१.५, विरेन्द्रनगरमा ३९.४, दिपायलमा ३९.४ डिग्री मापन भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार