गर्मीमा उखुको जुस पिउनुको फाइदा

अहिले गर्मीको समयमा उखुको जुस धेरैजसो खाने गरिन्छ । उखुको जुसले शरीरमा शीतलता प्रदान गर्नुको साथसाथै शक्ति दिने काम गर्दछ । उखुको जुससँगै थोरै मात्रामा कागती मिसाएर खायौं भने झन स्वादिलो हुन्छ । उखुको जुसले पानीको मात्रा बढाउनमा पनि मद्दत गर्दछ ।

तर, उखुको रसलाई धेरै समयसम्म राखेर खानुहुदैन । किनभने, जुस धेरैबेर राखेर खानाले हाम्रो शरीरलाई नकारात्मक असर पार्नसक्छ । उखुको जुस खाने बेलामा मात्र तयार पारेर खानुपर्दछ र स्टोर गरेर राख्नुहुँदैन । उखुको जुस खानुका धेरै फाइदाहरु रहेका छन् ।

१.उखुमा क्यालोरी १८०, कार्बोहाइट्रेट ४० ग्राम, प्रोटिन, आइरन, पोटासीयम, म्याग्नेसीयम र क्याल्सियम पाइने हुँदा शरीरलाई धेरै फाइदा गर्दछ ।
२. भोक लागेको बेला, शरीर कमजोर भएको बेलामा उखुको जुस खानाले शरीमा केही समयमै शक्ति दिन्छ ।
३. पिसाबसम्बन्धी समस्याहरु समाधान गर्ने ।
४. उखुमा क्याल्सियम र फस्फोरस धेरै मात्रामा पाइने हुनाले दाँतको समस्या कम गर्दछ ।
५. कलेजोलाई डिटोक्सीफाई गर्ने काम गर्दछ ।
६. जन्डिस भएको व्यक्तिलाई औषधीको रुपमा प्रयोग गरिन्छ ।
७. हामीले खाएको खानालाई पचाउन मद्दत गर्दछ ।
८. हड्डीलाई तागतिलो बनाउँछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार