काठमाडौं: पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ सय १२ वटा स्वाब परीक्षण गरिएकामा पाँच जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा कोरोना भाइरसका कारण देशभर कसैको पनि निधन भएको छैन भने चार जनालाई उपचार पछि डिस्चार्ज गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ भने कोरोनामुक्त हुनेको संख्या भने नौ लाख ९१ हजार २५९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्