च्याउमा के पाइन्छ, कसरी खाने ?

च्याउ भिटामिन र खनिज पदार्थको राम्रो स्रोत हो । च्याउ खाँदा विभिन्न रोग लाग्नबाट पनि बच्न सकिन्छ । अध्ययनअनुसार विश्वमा एक लाख ४० हजार प्रकारका च्याउ पाइनेमा १०० प्रकारका च्याउ खान उपयुक्त तथा स्वस्थ मानिन्छ ।

अहिले बजारमा कन्ये, गोब्रे (डल्ले), सिताके, ग्यानोदर्मा (रातो च्याउ), कोर्डिसेप्स मिलिटारिस, कोर्डिसेप्स एसपी, लायन्स मेन (हेरिसियम), इसारिया जापोनिका, इसारिया सिकादा, इनोकिताके, माइटाके (परिक्षणको क्रममा) किङ ओएस्टरलगायत प्रकारका च्याउ पाइन्छन् । यीमध्ये ग्यानोदमा (रातो च्याउ) औषधिको रुपमा प्रयोग गरिन्छ ।

Dengue

च्याउमा के पाइन्छ ?

च्याउमा धेरै भिटामिन र खनिज पदार्थ पाइन्छ । च्याउमा पाइने पोषणको मात्रा यसको खेती गर्ने तरिकामा पनि भर पर्छ । यसमा च्याउमा फाइबर, प्रोटिन, भिटामिन सी, फोलेट, आइरन, जिंक र म्यांगनिजको राम्रो स्रोत हो । त्यस्तै भिटामिन डी, थियामिन, रिबोफ्लेभिन, नियासिन, भिटामिन बी, प्यान्टोथेनिक एसिड, फस्फोरस, पोटासियम, कपर र सेलेनियम च्याउमा पाइन्छ ।

च्याउका फाइदा

च्याउमा एन्टिअक्सिडेन्ट अत्यधिक हुन्छ, जसले विभिन्न रोग लाग्नबाट बचाउन सहयोग गर्छ । यसले माइक्रोबियल र फंगल संक्रमणलाई हटाउँछ । यसले शरीरका कोषिकालाई मर्मत गर्ने र शरीरलाई हानि गर्ने फ्री र्‍याडिकलबाट बचाउँछ ।

त्यस्तै यसमा भएको फलाम र फोलिक एसिडले हेमोग्लोबिनको स्तर सामान्य राख्छ । यसले रक्तअल्पता हुन दिंदैन । यसमा भरपुर मात्रामा प्रोटिन पाइने भएकाले मोटोपन भएका व्यक्तिलाई पनि च्याउन फाइदाजनक हुन्छ । त्यस्तै च्याउ फाइबरयुक्त भएकाले यसले पाचन प्रक्रिया पनि राम्रो बनाउँछ ।

त्यस्तै च्याउमा भएको बीटा ग्लाइसिन र लिनोलिक एसिडले क्यान्सरबाट बचाउन मद्दत गर्छन् । साथै च्याउमा भएका एन्जाइमहरूले कोलेस्टेरोलको मात्रा घटाएर मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । यसमा भएको भिटामिन बी २ र भिटामिन बी ३ ले मेटाबोलिजमलाई राम्रो बनाउँछ ।

बेफाइदा पनि छन्

च्याउका केही बेफाइदा पनि छन् । धेरै च्याउ खाएमा एलर्जी हुन सक्छ । जसकाराण शरीरमा फोका आउने हुन्छ । केही च्याउ विषालु पनि हुन्छन् । यस्ता विषालु खाएमा दम, बान्ता, बेहोस हुने र वाकवाकी लाग्ने गर्दछ । त्यस्तै पुरानो र बासी च्याउ सेवन गर्दा फुड पोइजनिङ हुन सक्छ । साथै कुनै विषादी च्याउको सेवनले मृत्यु समेत हुन सक्छ । त्यसैले च्याउ किन्दा सावधानी अपनाएर ताजा च्याउ मात्र खानुपर्छ ।

मधुमेहका बिरामीका लागि च्याउ स्वास्थ्यवद्र्धक हुन्छ । किनकि यसमा बोसो, कार्बोहाइड्रेट र सुगर हुँदैन । च्याउ खाँदा इन्सुलिन निर्माणमा पनि मद्दत पुग्छ । यद्यपि गम्भीर रुपमा बिरामी भएका व्यक्तिलाई च्याउ खानु लाभदायक हुँदैन ।

कसरी खाने ?

ताजा च्याउ फ्राइ वा तरकारी वा अन्य सागसब्जी पकाएर खान सकिन्छ । मासु नखानेहरुको लागि प्रोटिन लागि उपयुक्त मानिन्छ । यो हप्तामा बढीमा दुई पटकसम्म खाँदा लाभदायिक हुन्छ । यसमा सबै तत्वहरु अत्याधिक पाइने भएकाले सन्तुलित रुपमा मात्र खानुपर्छ । धेरै खाएमा हानीकारक हुन सक्छ ।

च्याउ पकाउने बेला हल्का वा मनतातो पानीमा राखेर धोएर पकाउँदा यसमा भएका खनिज पदार्थ नष्ट हुँदैन । तर धेरै तातो पानीमा धुँदा भने त्यसमा भएको खनिज पदार्थ नाश हुन सक्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार