बैतडीमा बाख्रालाई पिपिआर खोप

बैतडी: बैतडीमा बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ। जिल्लाका दशवटै स्थानीय तहमा ८० हजार संख्यामा बाख्राहरुलाई पिपिआरविरुद्धको खोप लगाइएको हो।

पिपिआर रोगबाट बचाउनका लागि बाख्रालाई पिपिआर खोप लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए। जिल्लाका १० ओटै स्थानीय तहमा अभियानको रुपमा पिपिआर विरुद्धको खोप दिइएको उनले बताए। जिल्लाभरी दुई महिना अभियान सञ्चालन गरेर बाख्राहरुलाई पिपिआर खोप लगाइएको हो।

SHIKHAR COOL TECH

पिपिआर रोग लागेमा त्यसको औषधि नहुने र त्यो रोगबाट बचाउने एकमात्र उपाय खोप भएकाले पिपिआर विरुद्धको खोप अभियान सञ्चालन गरिएको उनले बताए। उनले भने, ‘बाख्रामा पिपिआर रोग लागेमा ८० प्रतिशत मर्ने सम्भावना हुन्छ। त्यसैले किसानहरुले पालेका बाख्रामा क्षति नहोस भनेर पिपिआर खोप लगाएका हौं।’

बाख्रामा पिपिआर रोग लागेमा पखाला लाग्ने, र्याल सिगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने गर्दछन्। गत वर्ष पनि बाख्रालाई पिपिआर खोप दिइएको थियो। जिल्लाभरि किसानले करिब डेढ लाखको हाराहारीमा बाख्रा पालेको र दुई सय बढी व्यावसायिक बाख्रापालक किसान कार्यालयमा सूचीकृत रहेका पन्तले जानकारी दिए। व्यवसायिक रुपमा बाख्रा पालन गरिरहेका किसानहरुलाई कार्यालयले विभिन्न खालका अनुदान समेत उपलब्ध गराउँदै आएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार