आज भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस !

काठमाडौं – आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् ।

एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट गरिन्छ । नेपाली संस्कृति नभए पनि पछिल्लो समय फेब्रुअरी १४ अर्थात प्रणय दिवस नेपाली युवायुवतीमाझ निकै लोकप्रिय बनेको छ ।

Dengue

भ्यालेन्टाइन्स डेलाई विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने बहानाका रुपमा लिने गर्दछन् ।  सहरका पार्क, रिसोर्ट, रेस्टुरेन्ट, सडकहरू पनि प्रेम संकेतले सजिएका छन् । जहाँ प्रेम जोडीले समय बिताउने गर्दछन् । युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर सुरु हुने यो दिवस उपहारसँगै प्रेम साटेर सकिन्छ ।

प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार