आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं – नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।

शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद बैठकलाई सम्बोधन गर्न जाने क्रममा एक चिकित्सकमाथि प्रहरीले दुर्ब्यवहार गरेको भन्दै चिकित्सक संघले आइतबार एक दिन सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय लिएको हो ।

Dengue

भिभिआईपीको सवारीबाट आम सर्वसाधारणमा पुग्ने सास्तीलाई सदाका लागि अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सेवा बन्द गराउने निर्णय संघ कार्यकारिणी समितिको आकस्मिक बैठकले गरेको हो । जस अनुसार आइतबार देशभरका सरकारी, गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा गरिने छन् । यस्तै, चिकित्सक सिंहमाथि कुटपिट गर्ने वरिष्ठ हवल्दार शम्भुजंग गुरूङलाई प्रहरीले निलम्बनसमेत गरिसकेको छ ।

 

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार