कुमारी आमाको नामले परिचित निहारिका राजपुत र शिवराज श्रेष्ठ बैवाहिक बन्धनमा बाँधिए

काठमाडौं – कुमारी आमाको नामले परिचित निहारिका राजपुत र प्रेमी शिवराज श्रेष्ठ बैवाहिक बन्धनमा बाधिएका छन् । उनीहरु लगनगाँठो कस्न जनकपुरको जानकी मन्दिर पुगेका थिए । उक्त मन्दिरमा उहाँहरुले विवाह गरेका हुन् ।

निहारिकाले शिवराजमाथि बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दा विचाराधीन छँदै धनुषा जिल्ला अदालतमा उनले शिवराजसँग मिलापत्र गरिन् । उनीहरूबीच विवाह गरेर श्रीमान–श्रीमतीका रूपमा मिलेर बस्ने समझदारी भएको थियो । उनीहरूका पहिल्यै एक छोरा छन् ।

Dengue

विवाहमा निहारिकाको माइती परिवार उपस्थित नभएपनि शिवराजको परिवार र निहारिकाका केही साथीहरू भने विवाहमा उपस्थित भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार