भारतीय समुहले सप्तरीमा गोली चलायो

काठमाडौँ – सप्तरीमा गोली चलेको छ। बुधबार अपरान्ह करिब ४ बजेतिर हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा गोली चलेको जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र कार्कीले जानकारी दिए।

उनका अनुसार २०-३० जनाको भारतीय समूहले आएर केही राउन्ड गोली प्रहार गरेको हो। कोशी पारी गाईवस्तुहरू हराउन थालेपछि स्थानीयले एक जना पुरूषलाई भारतबाट नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर स्थानीय महेन्द्र पासवानको घरमा राखिएको थियो।

Dengue

आफ्ना मान्छेलाई समातेर लगेको भनेर भारतीय पक्षको समूह आएको एसपी कार्कीले बताए। उक्त समूहले जावेदलाई फिर्ता लग्ने क्रममा केही राउन्ड गोली फायर भएको उनले बताए। गोलीको छर्रा लागेर पासवानको खुट्टामा सामान्य चोट लागेको छ। घटनास्थल प्रहरी र सशस्त्र प्रहरीको चेकपोष्टबाट टाढा भएको पनि उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार