पूर्व अर्थसचिव रामेश्वर खनालले गरे नयाँ वैवाहिक जीवन सुरू

काठमाडौं – पूर्वसचिव रामेश्वर खनालले नयाँ वैवाहिक जीवन सुरू गरेका छन् । सरिता शर्मा पोखरेलसँग बिहीबारदेखि खनालले नयाँ दाम्पत्य जीवन सुरू गरेका हुन् ।

२१ असोज, २०७६ मा खनालकी श्रीमती सुचित्रा खनालको क्यान्सरका कारण निधन भएको थियो । त्यसपछि एकल जीवन बिताइरहेका खनाल र १९ वर्षदेखि एकल जीवन बिताइरहेकी शर्माले आफ्ना आफन्त र परिवारको प्रस्तावलाई स्वीकार्दै सहयात्रा गर्ने निर्णय गरेका हुन् ।

Dengue

खनाल र शर्मा दुवैका एक–एक छोरी छन् । शर्माको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो । विवाहको ६ वर्षमै छोरी ५ वर्षको हुँदा पति वियोग सहेकी शर्माले एकल महिलाकै रुपमा छोरीलाई लालनपालन र शिक्षा दिक्षा दिएकी थिइन् ।

अर्थविज्ञका रुपमा समेत चिनिएका पूर्वसचिव खनाल र शर्माले दुवैतर्फको परिवारको उपस्थितिमा केक काटेर नयाँ यात्रा शुभारम्भ गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार