आज पनि मौसम बदली, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपातका साथै वर्षाको सम्भावना

Call24News

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज पनि मौसम बदली भएको छ ।
आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु–भागमा हुस्सु÷कुहिरो लागेको छ र बांकी भू–भाग सामान्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ ।

Dengue

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा बिहीबार भने बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको छ । यो क्रम शुक्रबारसम्मै रहने महाशाखाले जनाएको छ ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार