काठमाडौं उपत्यकामा यो वर्षकै चिसो मापन, न्यूनतम तापक्रम ३.४ डिग्रीमा झर्‍यो

काठमाडौं – काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज बिहान ५:४५ बजेको मापन अनुसार उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस छ।

मौसमविद्‍ राजु प्रधानांगका अनुसार आज हिजो मंगलबार साँझ ५.४५ बजेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमल ४ डिग्री सेल्सियस थियो।

Dengue

हाल देशको प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको कारण प्रदेश १ को हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै बिहानको समयमा देशको पश्चिम तराईका धेरै स्थानहरुमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु-कुहिरो लागिरहेको प्रधानाङ्गले बताए। उनका अनुसार मध्यान्न पछि मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने देखिन्छ।

चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुन समेत महाशाखाले अनुरोध गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार