निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यलाई आज प्रमाणपत्र प्रदान गर्ने

Call24News

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यहरुलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचित भएकाहरुलाई भने सम्बन्धित जिल्लामै प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतिनिधिसभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० गरी ८ सय २५ सदस्यहरु निर्वाचित भएका छन् ।

Dengue

निर्वाचन आयोगले समानुपातिकतर्फको प्रमाणपत्र आज प्रदान गरेपछि अधिकांश राजनीतिक दलहरुले अब संसदीय दलको नेता चयन गर्ने प्रकृया सुरु गर्ने भएका छन् ।

निर्वाचनको सम्पूर्ण प्रकृया पूरा भएर सदस्यहरु समेत चयन भइसकेको अवस्थामा दलहरु संसदीय दलको नेता चयन गर्नेदेखि सरकार गठनका लागि गृहकार्य गरिरहेका छन् । यता संसद सचिवालयले सर्वदलीय बैठकको सहमतिपछि संसद अधिवेशन सुरु गर्ने जनाएको छ ।

कार्यव्यवस्था परामर्श समिति समेत नभएको अबस्थामा संसद सचिवालयले सर्वदलीय सहमतिका आधारमा संसद अधिवेशन सुरु गर्ने तयारी गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार