यौन सम्बन्धको प्रस्ताव राख्दै ब्ल्याकमेलिङ

काठमाडौं – दाङमा हनि ट्र्यापको आरोपमा एक पुरुष र २ जना महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। ‘हनि ट्र्यापको अभियोगमा घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिला पक्राउ परेका छन् ।

घोराही १० नारायणपुरका रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी कृष्णीकुमारी बस्नेत र गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्जिव बेलबासेले जानकारी दिए । तुलसीपुरका एक जना व्यवसायीसँग ब्ल्याकमेलिङ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने भनेर महिलाले धम्की दिएपछि प्रहरीले पक्राउ गरेको हो। महिलाले यौन सम्बन्धको प्रस्ताव राख्दै ब्ल्याकमेलिङ गर्न खोजेपछि पीडित व्यवसायीले आफूलाई प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार