बालविवाह : घटना अधिक,उजुरी कम

बालविवाह गैरकानूनी भए पनि जुम्लाका दुर्गम गाउँमा यसलाई सामान्य मानिन्छ । खुलमखुला कानुन उल्लंघन हुँदा समेत उजुरी नपर्दा कारबाहि हुन सकेकाे छैन ।

यहाँ बाल क्लब पनि छन् । तर समाजमा रिसइबी हुने डरले कसैले पनि उजुरी गर्दैनन् । कसैले उजुरी गरिदिए एउटै समाजमा बसेर अरूकाे छोराछोरीको भविष्य ‘बिगार्ने’ भन्ने आक्षेप आउँछ ।

Dengue

सिंजागाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल भने उजुरी नै नदिए पनि अब बालविवाह रोकिने दाबी गर्छन । उनले जनप्रतिनिधिहरू मार्फत र बाल क्लब गठन गरेर पाँच वर्षे कार्यकालमै बालविवाहमुक्त बनाउन प्रतिबद्धता जनाए । उनले बालविवाह रोक्न कानुनी व्यवस्थाको कार्यान्वयन पनि प्रभावकारी गर्नु पर्ने बताए ।

साथै सानो उमेरमा विवाह गर्नाले यौन दुर्व्यवहार, अशिक्षा, हिंसा, कमजोर स्वास्थ्य, प्रजनन् स्वास्थ्यमा पर्नसक्ने गम्भीर खतरा बारे जानकारी दिने गरेकाे सिंजा गाउँपालिकाकी उपाध्यक्ष सितली रोकायाले बताइन ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार