समानुपातिकमा कांग्रेसले पनि कटायो २० लाख मत, अरू कसले कति पाए?

काठमाडौँ – प्रतिनिधि सभातर्फको जारी मतगणनामा शनिबार साँझसम्म समानुपातिकतर्फ ७५ लाखभन्दा बढी सदर मतको गणना भएको छ।

अहिलेसम्म सदर भएको ७५ लाख ७३ हजार ४ सय ४४ मतमध्ये नेकपा एमाले र नेपाली कांग्रेस मात्रै ४० लाखभन्दा बढी मत पाएका छन्। एमालेले २०७८३९७ अर्थात् २७.४४ प्रतिशत मत पाएको छ भने कांग्रेसले २००५१४१ अर्थात् २६.४७ प्रतिशत मत पाएको छ।

Galaxy

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ८ लाख ८९ हजार ७५५ अर्थात् ११.७४ प्रतिशत मत ल्याएको छ। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ५४ हजार ९४ अर्थात् ११.२७ प्रतिशत मत पाएको छ। पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४लाख ५६ हजार ८२६ अर्थात् ६.३१ प्रतिशत मत ल्याएको छ। छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख ४६ हजार ६२७ अर्थात् ३.२५ प्रतिशत मत पाएको छ।

नेकपा (एकीकृत समाजवादी) ले भने राष्ट्रिय पार्टी बन्न चाहिने तीन प्रतिशतको थ्रेस होल्ड अहिलेसम्म कटाउन सकेको छैन। अहिलेसम्म उसले १ लाख ८९ हजार ८९६ अर्थात् २.५० प्रतिशत मत मात्र पाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार