आज हिमपात र वर्षाको सम्भावना, पद यात्रामा जाँदा ध्यान दिन मौसमविद्काे आग्रह

काठमाडौँ – आज हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण र पद यात्रामा जाँदा ध्यान दिन मौसमविद्काे आग्रह छ । प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।

वर्षा र हिमपातले चिसो झन् बढाउने भएकाले पद यात्रा र पर्वतारोहणमा जाँदा ध्यान दिन उहाँको सुझाव छ । अहिले पद यात्रा र पर्वतारोहणमा जानेहरुको सङ्ख्या बढ्दै गएको छ । मौसमविद्ले यसरी यात्रामा जानु अघि मौसमको अवस्थाबारे थाहा पाइराख्न पनि आग्रह गरेका छन् ।

Dengue

पश्चिमी वायु सक्रिय भएसँगै चिसो बढ्न थालेको छ । आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । काठमाण्डौको मौसम पनि आंशिक बदली हुने अनुमान रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । अहिले बिहान भने काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि तराईका जिल्लामा भने पारिलो घाम लाग्ने मौसमविद्को भनाइ छ ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार