१ थान अवैध भरूवा बन्दुक सहित पक्राउ

मोरङ – उर्लाबारी नगरपालिका-२ सिमसार टोल बस्ने ३१ वर्षीय दिपक बिश्‍बकर्मालाई १ थान अवैध भरूवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी दिपकले आफ्नो घरमा रहेको भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार