साथीलाई बचाउन भेरीमा हाम फालेका विक्रान्त भए बेपत्ता

जाजरकोट – जाजरकोटमा भेरी नदीको किनारमा वनभोज खान गएका एक युवकको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्।

मंगलबार वनभोज खान गएका भेरी नगरपालिका–४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए। भेरी नगरपालिका–३ का २६ वर्षीय विक्रान्त केसी भेरीमा बेपत्ता भएका छन्। नदीमा डुबेका वीरेन्द्र शाहीको भने जीवितै उद्धार गरिएको निरौलाले बताए।

dashain shuvakamana
Discovery School

खड्का र केसी डुबेपछि उनीहरुलाई बचाउन गएका शाही बगेर बेपत्ता भएका हुन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। तिहारको अवसरमा केही दिनअघि सदरमुकाम खलङ्गामा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। खसी बाजी जितेका युवाहरूले आज भेरी नगरपालिका–११ मटेलास्थित भेरी किनारमा वनभोज आयोजना गरेका थिए। रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार